एन्फा महिला लिगमा आज दुई खेल हुँदै

आश्विन ४, २०८१ | काठमाडौं

एन्फा महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी प्रतियोगिताको सातौ दिन आज विभायीय नेपाल एपीएफ क्लब र कोशी प्रदेश तथा त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुन लागेको हो ।

एपीएफ र कोशीबीचको खेल अहिले केहीबेरपछि सुरु हुनेछ ।

१६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको एपीएफ १० अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको कोशीसंग प्रतिस्पर्धा गर्न लागेको हो ।

यस्तै १३ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको आर्मीले ७ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको चन्द्रपुरसंग दिउँसो साढे ३ बजे प्रतिस्पर्धा गर्न लागेको हो ।

यसअघि एन्फा कम्प्लेक्सको मैदानमा हिजो वालिङ नगरपालिकाले बागमति युथ क्लबलाई ४–० गोलले पराजित गरेको थियो । 


प्रतिक्रिया