वुमेन्स साफ च्याम्पियनसिपमा माल्दिभ्स विरुद्ध नेपालको ११ गोल

कार्तिक ५, २०८१ | काठमाडौं

काठमाडौंमा जारी वुमेन्स साफ च्याम्पियनसिप फुटबलमा घरेलु टोली नेपालले माल्दिभ्समाथि शानदार जित हात पारेको छ ।

 त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा ४–० गोल अन्तरको अग्रता लिएको नेपालले दोस्रो हाफमा थप ७ गोल गर्यो । सो क्रममा नेपालका लागि रेखा पौडेलले ३२, ४२, ४८, ६३ र ७७ औं मिनेटमा गरि पाँच गोल गरिन् । 

यस्तै प्रिति राईले ६, ६५ र ८७ औं मिनेटमा गोल गरिन् । यस्तै सविता रानामगरले २९ औं तथा अनिता केसीले ६८ औं र अमिशा कार्कीले ८८ औं मिनेटमा एक-एक गोल गर्न सफल भइन् । आजको जित सँगै समूह बी मा रहेको नेपाल गोल अन्तरका आधारमा ४ अङ्क सहित समूहचरणको शीर्ष स्थानमा उक्लिएको छ । 

भुटानको पनि दुई खेलबाट चारै अंक रहेको छ । श्रीलंका तीन अङ्क सहित तेस्रो स्थानमा छ । माल्दिभ्स भने अंकविहीन बनेको छ । अब नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ । 


प्रतिक्रिया