न्यायपालिकालाई लयमा फर्काउने प्रधानन्यायाधीश राउतको प्रतिबद्धता

कार्तिक ५, २०८१ | काठमाडौं

नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकालाई लयमा फर्काउने कामलाई प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश राउतले न्यायलयमा निष्ठा र निष्कलंक छवि भएका न्यायाधीश रहेकाले न्यायपालिकालाई लयमा फर्काउने कामलाई प्रभावकारी बनाउने बताउनुभएको हो । उहाँले भन्नुभयो ।

न्यायपालिकाको असहज परिस्थितलाई समाधान गर्न आफू जिम्मेवार भएर लाग्ने उहाँको भनाई थियो । प्रधानन्यायाधीश राउतले सञ्चारजगत्को संविधान प्रद्दत अधिकार अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्दै संरक्षण गर्ने विषयमा प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

नागरिकको हक र अधिकारको लागि अदालत प्रतिवद्ध भएको उहाँको भनाई थियो । 


प्रतिक्रिया