सीमानामा तनाव कम गर्न गस्तीको व्यवस्था गर्ने भारत र चीनबीच सहमति

कार्तिक ५, २०८१ | काठमाडौं

विवादित हिमाली सीमानामा तनाव कम गर्नका लागि भारत र चीनबीच गस्तीको व्यवस्था गर्ने सहमति भएको छ ।

सन् २०२० बाट चर्किएको सीमा क्षेत्रको विवाद समाधान गर्न दुबै मुलुक सहमत भएको भारतीय विदेश सचिव विक्रम मिश्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । सन् १९७५ मा गलवान उपत्यकामा दुबै पक्षबीच झडप हुँदा सयौंले ज्यान गुमाएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकालगायत ब्रिक्स राष्ट्रहरूको बैठकमा भाग लिन रुस जानुभन्दा एक दिनअघि चीनसँगको सहमति सार्वजनिक गरिएको हो ।

दुई राष्ट्रबीच सीमा क्षेत्रमा पूर्वाधार निर्माणका लागि पनि प्र्रतिस्पर्धा बढिरहँदा तनाव उत्पन्न भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 


प्रतिक्रिया