सहकारी ठगी प्रकरणः बयानका लागि छविलाल जोशीलाई बुटवल लगियो

कार्तिक ५, २०८१ | काठमाडौं

बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी बयानका लागि गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डिआईजी छविलाल जोशीलाई बुटवल लगिएको छ ।

अनुसन्धानकै क्रममा पोखरा प्रहरी हिरासतमा रहेका जोशीलाई आज जहाज मार्फत  पोखराबाट बुटवल पुर्याइएको हो । रूपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक लक्ष्मी खड्काका अनुसार जोशीलाई आज सरकारी वकिलको कार्यालयमा पेश गरिए पनि बयान भोलिबाट हुने भएको छ ।

सुप्रिम सहकारी संस्थाबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा भएको अनुसन्धानबाट देखिएको छ । जोशी गत असोज ६ गते काठमाण्डौंबाट पक्राउ परेका थिए ।  


प्रतिक्रिया