त्रिकोणात्मक महिला टी–२० आई सिरिजमा नेदरल्याण्ड्सको दोस्रो हार

माघ २१, २०८१ | काठमाडौं

त्रिकोणात्मक महिला टी–२० आई सिरिज अन्तर्गत आफ्नो चौथो खेलमा नेदरल्याण्ड्स थाइल्याण्डसँग १७ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहिबेर अघि सकिएकोे खेलमा थाइल्याण्डले दिएको ८७ रनको लक्ष्य पछ्याएको डच टोली १५ दशमलव ५ ओभरमा अलआउट हुँदै ६९ रनमा समेटिएको हो ।

योसँगै जारी सिरिजमा नेदरल्याण्ड्सले दोस्रो हार व्यहोरेको छ भने थाइल्याण्डको अपराजित यात्रा कायमै छ । नेदरल्याण्ड्सले यसअघि भएका तीन खेलमा दुइपटक नेपाललाई पराजित गर्दा एक पटक थाइल्याडसँग हारेको थियो । चार अङ्क जोडेको नेदरल्यान्ड्स तालिकाको दोस्रो स्थानमा छ । यसैबीच जारी सिरिजमा अपराजित रहेको थाइल्याण्ड ३ खेलबाट ६ अङ्सहित शीर्ष स्थानमा छ ।

नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित महिला टी–२० आई सिरिजमा घरेलु टोली नेपाल भने अंकविहीन छ । नेपालले खेलेका तीन वटै खेलमा पराजित भएको थियो । 


प्रतिक्रिया