पाँचथर गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध क्लबलाई

चैत्र २, २०८१ | काठमाडौं
पाँचौं संस्करणको पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सप्तरीको नमोबुद्ध फुटबल क्लबले जितेको छ ।
फिदिम माविको मैदानमा भएको फाइनलमा ए डिभिजन लिग क्लब मच्छिन्द्रलाई १–० गोल अन्तरले पराजित गर्दै नमोबुद्धले उपाधि जितेको हो । उसका लागि ७३ औं मिनेटमा एलेक्स विलियमले गरेको गोल निर्णायक बन्यो ।
विजेता टोली सप्तरीको नमोबुद्ध फुटबल क्लबले ११ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको मच्छिन्द्र क्लबले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।