एनएसएलमा एफसी चितवन र ललितपुर सिटी भिड्दै

चैत्र २८, २०८१ | काठमाडौं

नेपाल सुपर लिग फुटबलमा एफसी चितवनले आज ललितपुर सिटी एफसीसँग प्रतिस्पर्धा गर्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे एफसी चितवन. र ललितपुर सिटी आमनेसामने हुनेछन् । 

प्रतियोगितामा दुबै टोली अपराजित छन् । एफसी चितवन ७ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा रहेको छ । चितवनले यसअघिका तीन मध्ये एकमा बराबरी दुई खेल जितेको थियो ।

साविक विजेता ललितपुर सिटी ३ खेलबाट ५ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । चितवनले आजको खेल जित्न सके शीर्ष चारको यात्रा अझ बलियो हुनेछ । 

ललितपुर विजयी भए शीर्ष स्थानमा पुग्नेछ । दुई अपराजित र सन्तुलित टोलीबीच हुने खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । 


प्रतिक्रिया