नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीको दोस्रो जित

चैत्र २८, २०८१ | काठमाडौं

काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल सुपर लिग फुटबलमा सविक विजेता ललितपुर सिटी एफसीले दोस्रो जित निकालेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा भएको खेलमा एफसी चितवनलाई २–१ गोलले पराजित गर्दै ललितपुरले दोस्रो जित निकालेको हो । 

 ललितपुरले खेलको तेस्रो र ८० औं मिनेटमा गोल गरेको थियो भने चितवनले ७४ औं मिनेटमा एक गोल फर्काएको हो । यसअघिका तीन मध्ये एक खेलमा चितवनले बराबरी गर्दा दुई खेलमा जित निकालेको थियो ।

आजको खेलको नतिजासँगै ललितपुर सिटी ८ अङ्कसहित लिग तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । पराजित चितवन ७ अङ्कसहित दोस्रो स्थानमा झरेको छ ।   


प्रतिक्रिया