एनएसएलमा आज काठमाडौं र धनगढी भिड्ने

चैत्र २९, २०८१ | काठमाडौं
काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल सुपरलिग फुटबलमा आज काठमाडौं रेजर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
काठमाडौं रजर्स र धनगढीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा साँझ ६ बजे सुरु हुनेछ ।
चार खेल खेलेको काठमाडौं ५ अंकसहित तालिकाको चौथो स्थानमा रहँदा ३ खेलबाट ५ अंकसहित धनगढी तालिकाको तेस्रो स्थानमा छ ।
ललितपुर सिटी भने ८ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।