नेपाल सुपर लिग फुटबलः काठमाडौंमाथि धनगढी एफसी ३–१ गोलले विजयी

चैत्र २९, २०८१ | काठमाडौं
विदेशी खेलाडी अहमद हिजाजीको उत्कृष्ट ह्याट्रिकको मद्दतमा धनगढी एफसीले नेपाल सुपर लिग फुटबलमा काठमाडौं रेजर्सलाई पराजित गरेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा भएको खेलमा धनगढीले काठमाडौंमाथि ३–१ गोलको जित निकालेको हो । २१ औं मिनेटमा काठमाडौंले गोल गर्दै अग्रता लिएको खेलमा धनगढीले उत्कृष्ट पुनरागमन गरेको हो ।
धनगढीका लागि हिजाजीले ३५ औं, ४१ औं र पहिलो हाफको अतिरिक्त समयमा गोल गरे । आजको खेलको नतिजासँगै धनगढीले ४ खेलबाट ८ अङ्क जोडेको छ भने काठमाडौंले ५ खेलबाट ५ अङ्क बनाएको छ । काठमाडौंमा जारी तेस्रो संसकरणको नेपाल सुपर लिग फुटबलमा ७ टोली सहभागी छन् ।