एसिया क्वालिफायरको बन्द प्रशिक्षणमा २० खेलाडी छनोट

चैत्र ३०, २०८१ | काठमाडौं

आईसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको लागि दोस्रो चरणको प्रशिक्षणमा २० जना खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले महिला विश्वकप एसिया छनोटका लागि दोस्रो चरणको बन्द प्रशिक्षणका २० जना छनोट गरेको हो । 

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार आगामी मे महिनामा थाइल्याण्डमा हुने महिला विश्वकप एसिया छनोटका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा खेलाडीलाई बोलाएको हो । 

यसअघि क्यानले क्वालिफायरको तयारीका लागि दुई साताअघि २८ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । ती मध्ये ८ जना भने बाहिरिएका छन् । क्याम्पबाट बाहिरिनेमा एलिसा कुमारी यादव, सना प्रविन, अनु कडायत, मनिषा बोहरा, लक्ष्मी साउद, हेलिसा गुरुङ, संगीता राई र एलसा खडिया छन् ।

क्यानले जारी गरेको विज्ञप्ति अनुसार दोस्रो चरणको तयारीका लागि इन्दु बर्मा, बिन्दु रावल, सम्झना खड्का, रुबिना छेत्री, रोमा थापा, कविता जोशी, यशोदा बिष्ट, रुबी पोद्दार, राजमती ऐरी छानिएका छन् । 

यस्तै, काजल श्रेष्ठ, पूजा महतो, कविता कुँवर, सबनम राई, ईश्वरी बिष्ट, सोमु बिष्ट, मनीषा उपाध्याय, रचना चौधरी, सिता राना मगर, सिमाना केसी र रिया शर्मालाई पनि प्रशिक्षणमा बोलाइएको हो । आगामी मे ७ देखि २१ सम्म हुने एसिया क्वालिफायरमा नेपालसहित ९ टिमले प्रतिस्पर्धा गर्नेछन् । 


प्रतिक्रिया