एनएसएल फुटबलमा झापा र पोखराले अंक बाँडे

चैत्र ३०, २०८१ | काठमाडौं
नेपाल सुपर लिग फुटबलमा झापा एफसी र पोखरा थन्डर्सले बराबरी खेल्दै अंक बाडेका छन् । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा दुवै टोलीले एक÷एक गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
पोखराले स्टेफन समिर बिनोङको गोलबाट अग्रता लिएको १२ मिनेटपछि झापाका लाजार आर्सिचले फ्रिकिक मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । झापाको यो लगातार चौथो बराबरी हो ।
यो नतिजासँगै पोखरा ५ खेलबाट ५ अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।
झापा भने ४ खेलबाट ४ अंक जोड्दै छैटौं स्थानमा कायम रहेको छ ।
अर्को खेलमा अहिले बुटवल लुम्बिनी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ । बुटवल लुम्बिनी पहिलो जितको खोजीमा छ भने ललितपुर तेस्रो जित निकाल्न चाहन्छ ।
चार खेलबाट एक अंक जोडेको बुटवल पुछारमा छ । समान खेलबाट ८ अंक जोडेको ललितपुर दोस्रो स्थानमा छ ।