प्रथम उपमेयर कप महिला फुटबलको उपाधि ट्रिनेटीलाई

चैत्र ३१, २०८१ | तिलोत्तमा

बुटवलमा सम्पन्न प्रथम उपमेयर कप फुटबल प्रतियोगिताको उपाधि स्याङ्जाको ट्रिनेटी युवा क्लबले जितेको छ । शनिबार भएको फाइनलमा कपिलवस्तुको राईजिङ स्टार क्लबलाई १–० गोलले हराउँदै ट्रिनेटीले उपाधि जितेको हो । 

ट्रिनेटीको जितमा यशोदा शाहीले गरेको एक मात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको २२ औं मिनेटमा शाहीले टिमका लागि गोल गर्दै अग्रता दिलाइन् । 

कपिलवस्तुले राम्रा अवसर गुमायो र कुनै गोल गर्न सकेन । फाइनल खेलको प्लेयर अफ द म्याच ट्रिनेटी क्बलकी यशोदा शाही भइन । प्रतियोगिताको उपाधि विजेता ट्रिनेटीले १ लाख रुपैयाँ र उपविजेता राईजिङ स्टार क्लबले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । 

प्रतियोगितामा ट्रिनेटीकी सिमरन राई उत्कृष्ट खेलाडी भइन । उनले २५ हजार रुपैया, मेडल प्राप्त गरिन् । यसैगरी उत्कृष्ट गोल किपर राइजिङ स्टार क्लबकी सुनयना चौधरी, वेष्ट फरवार्ड ट्रिनेटीकी पूर्णिमा राई, वेष्ट डिफेन्ड राइजिङ स्टारकी धना बोहोरा, उत्कृष्ट प्रशिक्षक ट्रिनेटीबी दिलिप थापा घोषित भईन् । उनीहरुले जनही १० हजार रुपैयाँ प्राप्त गरे । 

बीस पचहत्तर युवा क्लबको आयोजनामा भएको प्रतियोगतामा आयोजक बीस पचहत्तर युवा परिवार, सुनवल नगरपालिका, वीरगञ्ज युथ एकेडेमी, बसन्त युनाईटेड क्लब चितवन, हेटौंडा फुटबल एकेडेमी, राईजिङ स्टार युवा क्लब, ट्रिनेटी क्लब वालिङ, एमएससी भारत सहित ८ टिमको सहभागीता रहेको थियो ।


प्रतिक्रिया