राजा फर्काउने नाममा तमासा भइरहेको प्रधानमन्त्री ओलीको टिप्पणी

चैत्र ३०, २०८१ | काठमाडौं
प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र फर्काउने नाममा मुलुकमा तमासा देखाइएको टिप्पणी गर्नुभएको छ ।
गृहजिल्ला झापामा आयोजित जनसभामा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईप्रति लक्षित गर्दै सडकमा तमासा भइरहेको बताउनुभएको हो ।
गणतन्त्र विरोधी शक्तिका गतिविधिविरुद्ध खबरदारी गर्न सत्तारुढ एमालेले झापाको दमकमा प्रदर्शनसहितको सभा गरेको हो ।
सभामा बोल्दै प्रधानमन्त्री ओलीले गत फागुन ७ गते पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति समेत आपत्ति जनाउनुभयो ।
एमालेले गणतन्त्रको पक्षमा देशका विभिन्न ७ सहरमा सभा गर्ने निर्णय गरेको थियो । सोही बमोजिम एमालेले हिजो बुटवलमा सभा गरेको थियो ।