पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

चैत्र ३०, २०८१ | काठमाडौं

पाल्पाको सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

पहिरो र कल्भर्टमा फसेको टिपरका कारण अवरुद्ध सिद्धार्थ राजमार्ग अपरान्हबाट एकतर्फी सञ्चालनमा आएको हो ।

कल्भर्टमा फसेको टिपर निकालिएको छ भने पहिरो पन्छाइएको छ ।

एकतर्फी सडक खुलाएर पाल्पादेखि बुटवल र बुटवलदेखि पहाडी भेगमा जाने सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले बुटवलबाट पाल्पा जाँदै गरेको कारसमेत पुरेको थियो ।

कारका चालक र यात्रुलाई सामान्य अवस्थामा उद्दार गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया