म्यानचेस्टर सिटी प्रिमियर लिगको तेस्रो स्थानमा

वैशाख २०, २०८२ | काठमाडौं

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सलाई पराजित गरेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा गएराति भएको खेलमा सिटीले पाहुना टोली वुल्भ्सलाई १–० गोलले हराएको हो । 

घरेलु टोलीको जितमा केभिन डी ब्रुयनले खेलको ३५ औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । मिडफिल्डर डि ब्रुयनले सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरिसकेका छन् । उनले जेरेमी डोकुको पासलाई गोलमा परिणत गर्दै सिटीलाई जित दिलाए । यो जितसँगै सिटी लिगको तेस्रो स्थानमा उक्लिएको छ । सिटीको ३५ खेलबाट ६४ अंक भएको छ ।

यो जितपछि सिटीले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्न पाँच टिममध्ये एक हुने लगभग निश्चित जस्तै भइसकेको छ । उत्कृष्ट लयमा रहेको पाहुना टोलीले सिटीलाई दबाब राखेपनि गोल गर्न भने सकेन । 

वुल्भ्स समान ३५ खेलबाट ४१ अंकका साथ तालिकाको १३ औं स्थानमा छ । यसैबीच, लिगको अर्को खेलमा ब्रेन्टफर्डले नटिङ्घम फरेस्टलाई २–० गोलले हराएको थियो । 


प्रतिक्रिया