राष्ट्रिय महिला गोल्डकपमा नवजनजागृति र संकटा भिड्ने

वैशाख २०, २०८२ | हेटौंडा

हेटौंडामा जारी राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोेगितामा संकटा क्लब र बाराको नवजनजागृति क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा दिउँसो संकटा र नवजनजागृति आमनेसामने हुनेछन् । 

दुबै टोली पहिलो जितको लक्ष्यमा हुनेछ । यसअघि हिजो शुक्रबार भएको उद्घाटन खेलमा मकवानपुरलाई टाइबेकरमा हराउँदै चितवनले विजयी सुरुवात गरेको छ । आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै चितवनले सेमिफाइनल यात्रा तय गरेको हो ।

छैठौं संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगिताको आयोजना गरेको फुटबल संघ मकवानपुरले यसवर्ष महिला गोल्डकप गरेको हो । प्रतियोगितामा २ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ । 

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कूटर प्राप्त गर्नेछन् । विधागत उत्कृष्टलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जनाएको छ 


प्रतिक्रिया