नेपाली टोली टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट

जेष्ठ ५, २०८२ | काठमाडौं

नेपाल आईसीसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भएको छ । एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्री समिकरणको खेलमा नेपालले यूएईलाई पराजित गर्दै ग्लोबल क्वालिफायरमा छनोट भएको हो ।

 थाइल्याण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गर्दै यूएईले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा मात्र पाँच विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका जितमा कप्तान इन्दू वर्माले अविजित सर्वाधिक ३० रन बनाइन् । यस्तै रुविना क्षेत्रीले २३ रन बनाउँदा सम्झना खड्काले २१ रन बनाइन् । 

जित्नै पर्ने खेलमा नेपालले शानदार पाँच विकेटको जित निकालेको हो । अब थाइल्याण्डसँग बाँकी रहेको खेल हारे पनि नेपाललाई कुनै असर पर्नेछैन । 

आजको खेलको नतिजापछि यूएई प्रतियोगिताबाटै बाहिरिएको छ । यसअघि ‘सुपर थ्री’मा हिजो युएईलाई ५४ रनले पराजित गर्दै थाइल्यान्डले ग्लोबल छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । 


प्रतिक्रिया