२०२६ मा हुने टी–२० विश्वकप क्रिकेटका लागि क्यानडा छनोट

असार ८, २०८२ | काठमाडौं
क्यानडा आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ का लागि छनोट भएको छ ।
अमेरिका रिजनल फाइनलको शीर्षस्थानमा रहने पक्का भएको क्यानडा आगामी विश्वकपका लागि छनोट भएको हो । चार टोली सम्मिलित अमेरिका क्षेत्रीय छनोटको आयोजना गरिरहेको क्यानडाले अहिलेसम्म खेलेका पाँचै खेल जितेको छ ।
विश्वकपका लागि क्यानडासहित अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज, आयरल्याण्ड, न्यूजिल्याण्ड र पाकिस्तान गरि ११ राष्ट्र छनोट भइसकेका छन् । बाँकी सात स्थानका लागि युरोप, अफ्रिका र एसिया क्षेत्रीय छनोटबाट टोलीहरू छानिने छन् ।