डुरान्ड कप फुटबलः त्रिभुवन आर्मी र लद्दाख फुटबल क्लबबीच १–१ गोलको बराबरी

श्रावण १७, २०८२ | काठमाडौं

भारतमा जारी डुरान्ड कप फुटबलमा त्रिभुवन आर्मी क्लबले १–१ गोलको बराबरी खेलेको छ । 

जारी प्रतियोगिताको समूह ‘सी’मा रहेको आर्मी क्लबले लद्दाख फुटबल क्लबसंग १–१ गोलको बराबरी गरेको हो । लद्दाखले खेलको २२ औं मिनेटमा पहिलो गोल गर्दै आग्रता लिए पनि आर्मीले ४१ औं मिनेटमा पुनरागमन गोल गर्दै बराबरी गरेको हो ।

यसअघि भएको पहिलो खेलमा आर्मी जमशेदपुर फुटबल क्लबसँग ३–२ गोल अन्तरले पराजित भएको थियो । आर्मीले समूह चरणको अन्तिम खेल साउन २० गते इण्डियन आर्मी फुटबल टिमसँग खेल्ने तालिका छ ।

 कुल २४ टोलीको सहभागिता रहेको प्रतियोगिताको हरेक समूहको विजेताले नकआउट चरणमा स्थान बनाउनेछ । ६ समूहका उत्कृष्ट दुई उपविजेता पनि क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।   


प्रतिक्रिया