एन्फा यु–१६ युथ लिगः हिमालयन शेर्पा मछिन्द्रसँग ३–२ गोलले पराजित

श्रावण १८, २०८२ | काठमाडौं

काठमाडौं । मछिन्द्र फुटबल क्लबले एन्फा यु–१६ युथ लिगमा हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।

ललितपुरको सातदोवाटोस्थित एन्फा मैदानमा मछिन्द्रले हिमालयन शेर्पाविरुद्ध ३–२ गोल अन्तरको जित हात पारेको हो । जितसँगै १० खेलबाट २३ अंक जोडेको मछिन्द्र तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । हिमालयन शेर्पा भने समान खेलबाट १४ अंकका साथ आठौं स्थानमा छ ।

मछिन्द्रको जितमा करण धामी, साइप्रस डंगोल र गोविन्द विकले गोल गरेका थिए । हिमालयन शेर्पाका लागि जिनिल सुब्बा र युगेन खत्रीले गोल गरे ।  


प्रतिक्रिया