म्याट्रिक्स फाइटर नाइटको उपाधि ढांटलाई

श्रावण १८, २०८२ | काठमाडौं
नेपाली एम एम ए फाइटर रविन्द्र ढांटले म्याट्रिक्स फाइटर नाइटको उपाधि जितेका छन् । रविन्द्र, बान्टमवेट बेल्ट प्राप्त गर्ने पहिलो नेपाली फाइटर हुन् ।
भारतको नोयडामा गएराति भएको खेलमा रविन्द्रले, साविक विजेता चोगंरेन कोरेन माथि शानदार जित हात पारेका हुन् । २६ वर्षीय रविन्द्र पहिलो राउन्ड देखि नै कोरेन माथि हाबी भएका थिए ।
उनी पहिलो राउन्डमा डिस्ट्यान्स स्ट्राइकमा ६–४, क्लिन्स स्ट्राइकमा ८–३ र ग्राउन्ड स्ट्राइक्समा ४६–८ ले अघि रहेका थिए । दोस्रो राउन्डमा कोरेनले रविन्द्र विरुद्ध पुनरागमनको प्रयास गरेका थिए ।
तर उच्च प्रदर्शन गरेका रविन्द्र कोरेनलाई रोक्न सफल भए । यो राउन्डमा रविन्द्र कुल स्ट्राइक्समा २३ र कोरेन १८ मा रहेका थिए । तेस्रो राउन्डको ५४ सेकेन्डमा रविन्द्रले कोरेनलाई नक आउट गर्दै बान्टम वेट बेल्ट आफ्नो नाममा लेखाएका हुन् ।
ब्याबसायिक करियरमा रविन्द्रको यो नवौं उपाधि हो ।