भारत इङल्याण्डबीचको ५ म्याचको टेस्ट सिरिजमा २–२ को बराबरी

श्रावण १९, २०८२ | काठमाडौं
इंग्ल्याण्ड र भारतबीचको पाँच म्याचको टेस्ट सिरिज २–२ को बराबरीमा सकिएको छ ।
अन्तिम तथा पाँचौं टेस्टको अन्तिम दिन आज भारतले इंग्ल्याण्डमाथि ६ रनको जित निकाल्दै सिरिजमा बराबरी गरेको हो । भारतले पाँचौ टेस्टमा दिएको ३ सय ७४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ३ सय ६७ रनमा समेटिएको थियो ।
भारतको जितमा मोहम्मद सिराजले ३१ औं ओभरको पहिलो बलमा गट एटकिन्सनलाई बोल्ड आउट गर्दै टोलीलाई जित दिलाएका हुन् । सिरिजको पहिलो र तेस्रो खेल इंग्ल्याण्डले जितेको थियो भने दोस्रो खेलमा भारत विजयी भएको थियो । चौथो म्याच भने ड्र भएको थियो ।