टप इन्ड टी–२० क्रिकेट सिरिजमा नेपालले दोस्रो खेल खेल्दै

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३१, २०८२

टी–२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत अस्ट्रेलियामा जारी टप इन्ड टी–२० क्रिकेट सिरिजमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दै छ । अस्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्ड टुमा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुने खेलमा नेपाली क्रिकेट टिम बंगलादेश ए टोलीसँग खेल्न लागेको हो । हिजो भएको आफ्नो पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित नेपाल आज जितको खोजीमा हुनेछ । उता आफ्नो पहिलो खेलमा पाकिस्तान शाहिन्ससँग ७९ रनले पराजित भएको बंगलादेश पनि आजको खेल जित्ने उद्देश्यसहित मैदान उत्रिदैछ । 


प्रतिक्रिया