उपाधिका लागी सलहेस युवा क्लब र चर्च ब्वाइज युनाइटेड भिड्दै

श्रावण ३१, २०८२
ताप्लेजुङ गोल्डकप फुटबलको उपाधिका लागि आज सिरहाको सलहेस युवा क्लब र ललितपुरको चर्च ब्वाइज युनाइटेड भिड्दै छन् । सदरमुकाम फुङलिङस्थित भानुजन माविको मैदानमा दिउँसो २. ३० मा हुने खेलमा दुई टोली उपाधीका लागि आमने सामने हुन लागेका हुन् । बिहिबार भएको दोस्रो सेमिफाइनलमा झापाको रेडस्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै गत वर्षको उपबिजेता सलहेसले फाइनलमा स्थान सुरक्षित गरेको हो भने सुनसरीको द योङ ब्रदर्स क्लबलाई ट्राइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा आइपुगेको हो । विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार पुरस्कार राशि पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले यामाहाको मोटरसाइकल पाउँछन् । अघिल्लो वर्षको बदला लिने उद्देश्यसहित चार विदेशी खेलाडी लिएर सलहेस मैदान ओर्लिएको छ ।