भिसा समस्याका कारण नेपाली राष्ट्रिय क्रिकेट टोली यूएई जानबाट रोकियो

आश्विन ३, २०८२ | काठमाडौं
भिसा समस्याका कारण नेपाली राष्ट्रिय क्रिकेट टोली यूएई जानबाट रोकिएको छ ।
वेस्ट इन्डिजसँग हुने तीन म्याचको टी–२० सिरिजका लागि त्यसतर्फ जाने अन्तिम तयारी हुँदा समेत भिसा आउन ढिला भएपछि टोली रोकिएको हो ।
यसअघि आज विहान जाने तालिका भएपनि भिसाा प्रक्रियाका कारण क्रिकेट टोली रोकिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार भिसाका लागि समन्वयको काम भइरहेको छ । भोलि सम्ममा भिसा प्राप्त हुने सम्भावना रहेको लामाले जानकारी दिए ।
आइसीसीको पूर्ण सदस्य राष्ट्रविरुद्ध नेपालले पहिलो पटक टी–२० शृंखला खेल्दै छ । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता टोली हो ।वेस्ट इन्डिजविरुद्ध सेप्टेम्बर २७, २९ र ३० मा शारजहामा खेलेपछि नेपाली टोली टी–२० विश्वकप एसिया–प्यासिफिक छनोटको प्रतिस्पर्धाका लागि ओमान जाने तालिका छ ।