नोभेम्बरमा हुने हङकङ सिक्सेस क्रिकेटमा नेपाल सहभागी हुने

आश्विन १४, २०८२ | काठमाडौं
आगामी नोभेम्बरमा हुने हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले पनि सहभागीता जनाउने भएको छ ।
आज सार्वजनिक विवरण अनुसार नेपाल सँगै दक्षिण अफ्रिका, अफगानीस्तान, अस्ट्रेलिया, इंग्ल्याण्ड, यूएई, पाकिस्तान, भारत, कुवेत, श्रीलङ्का, बंगलादेश र हङकङले प्रतियोगितामा सहभागीता जनाउने छन् ।
नेपालले दक्षिण अफ्रिका र अफगानीस्तानसँग खेल्नेछ । प्रतयोगिता नोभेम्बर ७, ८ र ९ तारिखमा आयोजना हुनेछ । यसअघि भएको प्रतियोगितामा समेत नेपालले सहभागीता जनाएको थियो ।