इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको एशेज सिरिज शुरुः पहिलो दिन दुवै टीमको गरी १९ विकेट पतन

मंसिर ५, २०८२ | काठमाडौं

इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको ऐतिहासिक एसेज क्रिकेट शुरु भएको छ । सिरिजको पहिलो टेस्टको पहिलो दिन नै दुवै टीमको गरी १९ विकेट झरेको छ । 

दिनको खेल सकिंदा अस्ट्रेलियाले ३९ ओभरमा नौ विकेट गुमाएर १ सय २३ रन बनाएको छ । यो अवस्थामा अस्ट्रेलिया ४९ रनले पछाडि छ । नाथन लियोन र ब्रेन्डन डोगेट अविजित छन् । 

यसअघि पर्थमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ३३ औं ओभरमा १ सय ७२ रन बनाएर अलआउट भएको थियो । सो क्रममा ह्यारी ब्रुक्सले ५२ र ओली पोपले ४६ रन बनाएका थिए । त्यस्तै जेमी स्मिथले ३३ रन जोडे ।

 अस्ट्रेलियाली बलरमध्ये मिचेल स्टार्कले ५८ रन खर्चेर ७ विकेट लिएका थिए । दुई देशबीचको एसेज क्रिकेट सिरिज सन् १८८२ बाट शुरु भएको मानिन्छ ।  


प्रतिक्रिया