एनपीएलमा सुदूरपश्चिमको दोस्रो जित, पोखरा १८ रनले पराजित

मंसिर ५, २०८२ | काठमाडौं

नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेञ्जर्सलाई १८ रनले पराजित गर्दै सुदूरपश्चिमले आफ्नो अपराजित यात्रा कायम राखेको हो । सुदूरपश्चिमले दिएको १ सय ९४ रनको लक्ष्य पछउने क्रममा पोखरा १ सय ७५ रनमा समेटियो । यो सँगै पोखराले लगातार दोस्रो खेल गुमाउँदा सुदूरपश्चिमले आफूलाई २ खेलमानै अपराजित राखेको छ ।

आजको खेलमा सुदूरपश्चिमका लागि जोस ब्राउनले ६८ रनको अर्धशतकिय इनिङ्स खेले । विनोद भण्डारी ४३ र क्रिस लिन ३१ रनमा आउट भए । जवाफि ब्याटिङ गरेको पोखराका लागि कप्तान कुशल भूर्तेलले ५३, जेम्स निशमले ४७ र डान डाउथवेटले ३७ रन बनाउनुबाहेक अन्यले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।

आजको खेलको नतिजापछि सुदूरपश्चिम ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने पोखरा अंकविहीन हुँदै छैटौं स्थानमा पुगेको छ । एनपीएल अन्तर्गत अब भोलि हुने खेलमा कर्णाली याक्स र लुम्बिनीबीच विहान सवा ११ बजे तथा दिउँसो साँढे ३ बजे काठमान्डु गोर्खाज र बिराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुने छ ।  


प्रतिक्रिया