साफ फुटसल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित

माघ ८, २०८२ | काठमाडौं

नेपाली राष्ट्रिय पुरुष फुटसल टोली थाइल्यान्डमा जारी साफ फुटसल च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ ।

नेपाल आफ्नो चौथो खेलमा माल्दिभ्ससँग २–१ पराजित भएको हो । 

बैंककमा भएको खेलमा माल्दिभ्सलाई दबाबमा राखेपनि गोल गर्न नसक्दा एक खेलअगावै नेपाल उपाधि होडबाट बाहिरिएको हो ।

यसअघि नेपालले एक खेलमा जित र दुई खेलमा बराबरीको नतिजा आत्मसात गरेको थियो । 

माल्दिभ्सको भने यो लगातार चौथो जित हो ।

 च्याम्पियन बन्न माल्दिभ्सलाई अब मात्र एक अंकको आवश्यकता छ । नेपालले अब आफ्नो पाँचौं खेल पर्सि शनिबार बंगलादेशसँग खेल्नेछ ।


प्रतिक्रिया