आहा–रारा गोल्डकप : उज्वेकिस्तानको आभा एफसी सेमिफाइनलमा
फाल्गुन ५, २०८२ | काठमाडौं
उज्वेकिस्तानको आभा एफसी आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको क्वाटरफाइनलमा बुढासुब्बा गोल्डकपको उपाधि विजेता टोली प्लानिङ ब्वाइज युनाइटेडलाई १–० गोलले हराउँदै पाहुँना टोलीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलकोे ५६ औं मिनेटमा उमिदजोन कारिलोभले गोल गर्दै उज्वेकिस्तानलाई जित दिलाए । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अब भोली हुने पहिलो सेमिफाइनलमा पोखराको सहारा क्लब र मनाङ मस्र्यांदी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।











