टी–२० विश्वकप : पाकिस्तानको विजयी सुरुवात

रेडियो कान्तिपुर संवाददाता

माघ २४, २०८२ | काठमाडौं

भारत र श्रीलंकाको संयुक्त आयोजनामा आजबाट शुरु टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । श्रीलङ्काको कोलम्बोमा भएको उद्घाटन खेलमा पाकिस्तानले नेदरल्याण्ड्समाथि ३ विकेटको जित निकालेको हो । 

पाकिस्ताले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि सुरुवाती ब्याटिङ गर्दै नेदरल्याण्ड्सले दिएको १ सय ४८ रनको मध्यम लक्ष्य पाकिस्तानले निर्धारित ओभर सकिनु ३ बल अघि नै पूरा गरेको हो । 

पाकिस्तानको जितमा साहिबजादा फरहानले सर्वाधिक ४७ रन तथा फहिम असरफले नटआउट रहँदै २९ रन जोडे । आजको खेलको जितपछि समूह ए मा रहेको पाकिस्तानले २ अंक बनाएको छ । 

भारतमा सुरक्षा चुनौती रहेको कारण देखाउँदै पाकिस्तानले श्रीलङ्कामा खेल्ने जनाएको थियो । आजै हुने दोस्रो खेलमा समूह सीमा रहेका स्कटल्याण्ड र वेस्ट इण्डिजबीच प्रतिस्पर्धा हुनेछ । भारतको इडेन गार्डेन रङ्गशालमा हुने सो खेल अबको केहिबेरमा शुरु हुनेछ । 

आजै साँझ समूह ए मा रहेको आयोजक भारत र अमेरिकाबीच मुम्बईमा प्रतिस्पर्धा हुने छ । भारत डिफेन्डिङ च्याम्पियन टोली पनि हो ।  


प्रतिक्रिया