प्रधानमन्त्री कप : बागमती प्रदेशको दोस्रो जित
चैत्र १८, २०८२ | काठमाडौं
बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । जनकपुरस्थित रामजानकी बहुउदेश्यीय क्रिकेट मैदानमा आज सम्पन्न खेलमा बागमतीले कर्णाली प्रदेशलाई ६० रनले हरायो । १ सय ८१ रनको लक्ष्य पछ्याएको कर्णाली २५ ओभर १बलमा १सय२० रनमा अलआउट भयो।
उसका लागि निश्चल रावलले सर्वाधिक ३१ रन बनाउनु बाहेक अन्यले राम्रो स्कोर जोड्न सकेनन् । बागमतीका कप्तान सन्दीप लामिछानेले ७ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको बागमती ३८ ओभर ४ बलमा १सय८० रनमा अलआउट भयो। उसका लागि विवेक मगरले ५६ रन र इशान पाण्डेले २७ रन जोडे। कर्णालीका दिवान पुनले ३ विकेट लिए । बागमतीको ४ र कर्णालीको ३ अंक छ ।
यसैबीच, वीरगञ्जस्थित नारायाण्ी क्रिकेट मैदानमा भएको अर्को खेलमा लुम्बिनी प्रदेशले नेपाल एपिएफ क्लबलाई सुपर ओभरमा पराजित गरेकोछ । दुवै टोलीले १सय२४रन बनाएपछि भएको सुपर ओभरमा पहिले ब्याटिङ गरेको लुम्बिनीले १४ रन बनायो। जवाफी ब्याटिङ गरेको एपिएफले ६ रन मात्र जोड्न सक्यो। लुम्बिनीको ५ अंक छ भने एपीएफको ३ अंक छ ।










