साढे १० किलो अफिमसहित पोखरबाट ३ जना पक्राउ

आश्विन ११, २०७७ | काठमाडौं

करीब ११ केजी लागूऔषध अफिम सहित प्रहरीले पोखराबाट ३ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) को टोलीले पोखरा महानगरपालिका–६ स्कूल मार्गबाट रुकुम पूर्वका ५० वर्षीय गज पुन र ४० वर्षीय चक्कर बहादुर पुन तथा गोरखाका २४ वर्षीय रवि गुरुङलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट १० किलो ५ सय ग्राम अफिम तथा लागूऔषध तौल गर्ने एक थान डिजिटल तराजु बरामद भएको एनसीबीका एसपी कृष्णकुमार महतले जानकारी दिनुभयो । उनीहरुविरुद्ध कास्की प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गज पुन लामो समयदेखि लागूऔषध अफिमको कारोबारी रहको खुलेको छ । अनुसन्धानमा संलग्न अधिकारी भन्छन्, 'गज पुन पूर्वी तथा पश्चिम रुकुमबाट अन्य जिल्लामा अफिम सप्लाई गर्ने मुख्य ब्यक्ति हुन् ।'


प्रतिक्रिया