पहिरोबाट दर्जन घरमा क्षति

आश्विन ११, २०७७ | धनकुटा

अविरल वर्षाका कारण धनकुटामा १२ घरमा क्षति पुगेको छ । धनकुटा नगरपालिका ६ फोक्लेन्ड टापुमा पहिरोका कारण सिंगो वस्ति नै जोखिममा परेको छ भने तीन परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो । 

विस्थापित परिवार छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । फोक्लेन्ड टापु सिंगो वस्तीलाई स्थानान्तरण गर्न आवश्यक रहेको वडाध्यक्ष नरेश श्रेष्ठले बताउनु भयो । नगरपालिका र स्थानीय प्रशासनसंग सहकार्य गरेर वस्ति स्थानान्तरण गरिने श्रेष्ठको भनाई छ । 


प्रतिक्रिया