नेपालमा मानव तस्करको अवस्था डरलाग्दो बन्दै छ : ईन्द्रराज भट्टराई

आश्विन १४, २०७७ | काठमाडौं

The Headlines | Journalist Prakash | 30 September 2020 | 14 Ashwin 2077

नेपालमा बालबालिकासहित युवतीको तस्कर डरलाग्दो अवस्थामा पुगेको सामाजिक अभियन्ता एवम आफन्त नेपालका निर्देशक ईन्द्रराज भट्टराईले बताउनुभएको छ । तस्करले स्वरुप परिवर्तन गरी संगठित रुपमै मानव तस्करको सञ्जाल विस्तार गरेको उहाँको भनाई छ । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै उहाँले बार्षिक ३० हजारको हाराहारीमा महिला तथा बालबालिका बेचबिखन हुने गरेको बताउनुभयो । प्रभावकारी संयन्त्र र कानुनको अभावमा यस्ता घटना बृद्धि भएको भन्दै उहाँले सरोकारवालाहरुले आफ्नो भुमिका मात्र सहि हिसावले निर्बाह गर्न सके यसको नियन्त्रण संभव हुने दाबी गर्नुभयो । भारतसहित तेस्रँे मुलुकसम्म हुने गरेको मानव तस्करको अवस्थालाई नियन्त्रणका लागि केन्द्रदेखी स्थानिय सरकार चनाखो हुनुपर्नेमा भट्टराईको जोड छ ।


प्रतिक्रिया