मृतक वृद्धमा कोरोना पुष्टि

श्रावण २४, २०७७ | वीरगन्ज

पर्साको वीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएका एक वृद्धमा कोरोना पुष्टि भएको छ । वीरगन्ज ३ छपकैयाका ६५ बर्षीय वृद्धको अस्पतालको सघन कक्षमा हिजो विहान मृत्यु भएको थियो । 

मृतकको स्वाब संकलन गरी हिजै नारायणी अस्पतालको प्रयोगशालामा पठाइएकोमा गएराति आएको नतिजामा कोरोना पोजेटिभ देखिएको गण्डक कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । ती वृद्धलाई ४/५ दिन अघि ज्वरो आएपनि ज्वरो ठिक भईसकेको थियो । तर विहीबार राति अचानक श्वासप्रश्वासमा समस्या भएपछि उपचारकालागी अस्पताल लगिएको थियो ।

यसैबीच कोरोनाको लक्षण भएकी एक महिलाको गएराति मृत्यु भएको छ । वीरगन्ज २ छपकैंया निवासी करीब ३० बर्षिया महिलाको मृत्यु भएको हो । मोटोपनको समस्या भएकी ती महिलालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएको थियो । 

डा सिंहका अनुसार, उनलाई उपचारका लागी गएराती गण्डक कोभिड अस्पतालमा पुर्‍याउदा उनको बाटोमै मृत्यु भई सकेको थियो । ती महिलामा उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या जस्ता लक्षण थिए । उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको डा. सिंहले बताउनुभयो ।

यसैबीच, गएराति गण्डक कोभिड अस्पतालबाट २ चिकित्सक सहित ८ जना निको भई घर फर्किएका छन् । 


प्रतिक्रिया