अस्पताल बनाउन आएका १३ मजदुरमा कोरोना पुष्टि

श्रावण २४, २०७७ | बाग्लुङ

बाग्लुङमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । निर्माणाधिन धौलागिरी अञ्चल अस्पतालको सि ब्लकमा कार्यरत १३ जना मजदुरमा कोरोना पोजेटिभ देखिएको हो । 

एक साता अघि महोत्तरी बाग्लुङ गएका उनीहरु क्वारेन्टाइनमा बसेका थिए । लामो यात्रा गरेको र सिमाक्षेत्रबाट आएको भन्दै मजदुरहरुलाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो । पोखरामा आज बिहान गरीएको पीसीआर परीक्षणमा १३ जनामा संक्रमण पुष्टी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताउनुभयो । 

१७ युवा मजदुर मध्ये साउन १८ गते एक जनाको मात्रै पिसिआर गरिएको थियो । ती युवाको पोजेटिभ देखिएपछि बाकीको पीसीआर गरिएकोमा १३ जनामा पोजेटिभ देखिएको हो । लकडाउनका कारण रोकिएको भवनको निर्माणका लागि ठेकेदारले मजदुर झिकाएका थिए । संक्रमण पुष्टी भएका सबैलाई आइसोलेसन लैजाने तयारी भइरहेको छ । 


प्रतिक्रिया