सोमबार थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि

आश्विन १२, २०७७ | काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । 

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले ९ सय १५ पुरुष र ४ सय ३६ महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा मात्रै ८ सय १७ जना संक्रमित थपिएका छन् । 

काठमाडौंमा ६ सय ४९, ललितपुरमा १ सय ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण देखिएको डा. गौतमले बताउनुभयो । यस्तै, सिराहामा ५५, कैलालीमा ५० र मोरङमा ४९ जनामा संक्रमण देखिएको छ । 

पछिल्लो २४ घण्टामा ७ सय ४२ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना मुक्त हुनेको संख्या ५४ हजार ६ सय ४० जना पुगेको छ ।

संक्रमित र डिस्चार्ज हुनेहरुको अनुपात बढेसँगै नेपालमा सकृय संक्रमितहरुको संख्या भने बढेको छ । मन्त्रालयका अनुसार संकृय संक्रमितको सख्या १९ हजार ६ सय २४ रहेको छ । 

१० हजार ९ सय २९ जना होम आइसोलेशनमा र ८ हजार ६ सय ९५ जना संस्थागत आइसोलेशनमा छन् । २ सय २५ जनाको आईसीयूमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । 


प्रतिक्रिया