भेरी अस्पतालमा कोरोना परीक्षण गर्ने मेसिन जडान

श्रावण २७, २०७७ | नेपालगञ्ज

कोरोना भाइरस परीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन जडान गरिएको छ । मेसिन जडानपछि घण्टौसम्म खट्ने ल्याबका जनशक्तिलाई काम गर्न सहज भएको छ । 

मेसिन जडानपछि धेरै स्वाब नमूना परीक्षण गर्न सकिने अस्पतालका कोरोना फोकल पर्सन डा.संकेत रिसाले बताउनुभयो । ‘पीसीआर चेक गर्नु अघि मेनवल चेक गर्ने भन्झट कम भएको छ’ उहाँले भन्नुभयो, ‘र्‍यालबाट भाइरसको आरएनए/डीएनए मेसिनले नै छु्टाउने भएकाले अब नमूना छिटो परीक्षण हुँदा रिपोर्ट पनि छिटो आउँछ ।’ 

मेसिन जडान भएपछि आरएनए एक्सट्रयाक्सनको काम गर्न सजिलो भएको भेरी अस्पताल प्रयोगशाला प्रमुख प्रशन्न मिश्रले बताउनुभयो । ‘आरएनए एक्सट्रयाक्सनका लागि लाग्ने ४/५ घण्टाको काम एक घण्टामै गर्न सक्नेछौं उहाँले भन्नुभयो, ‘दैनिक चार सयसम्म नमूना परीक्षण गरथ्र्यौं अब आठ सयसम्म गर्न सक्छौं ।’

प्रयोगशाला प्रमुख मिश्रका अनुसार अटोमेटिक एक्सट्रयाक्सन मेसिनले एक घण्टामा ९६ वटा स्वाब नमूनाको परीक्षण आरएनए एक्सट्रयाक्सन गर्न सक्छ । अहिले भेरीको प्रयोगशालामा १० जना स्वास्थ्यकर्मी कार्यरत छन् । 


प्रतिक्रिया