समुदायका मुद्धा चुनाव जित्ने आड मात्रै

कार्तिक २८, २०७९ | काठमाडौं

कैलाली, कन्चनपुर लगायतमा थारू समुदायको बाहुल्यता छ । थारु समुदायको आडमा चुनावी मुद्धा बनाउने तर चुनाव जिति सकेपछि थारु समुदायको उत्थानकालागि सिन्कोसम्म नभच्ने प्रवृत्तिले मतदाता आजित छन् । उनीहरुको माग र मुद्धा सम्बोधन नभएको यहाँको बसिन्दाको गुनासो छ । 

कैलाली र कन्चनपुरमा राजनीतिक दलले थारू समुदायको पहिचान, भूमि–व्यवस्थापन, कमैया, कम्लहारी, बाढी, डुबान जस्ता समस्यालाई चुनावी एजेण्डा बनाउछन् । यिनै समस्या समाधान गर्ने झुठा आश्वसन दिन्छन् । यहाँको क्षेत्रलाई अन्नको भन्डार पनि भनिन्छ । शालिग्रम राना वर्षेनी खेतिपातिमा मलखादको अभाव, बढी र डुबानले बाली नष्ट भएको सुनाए ।

कन्चनपुरकै ८५ वर्षिय रामचरण रानापनि भोट हाल्ने जिम्मेवारी हरेक चुनावमा पुरा गर्दै आएका छन् । त्यसको बदलामा झुठा अश्वसन मात्रै पाएको रामचरणको भनाई छ ।

राजनीतिक दल र नेतालाई आफ्नो माग र मुद्धा सम्बोध गर्ने आशमा भोट दिए पनि आफूले त्यसको बदलामा के पाएको ? कन्चनपुरकै झेली राम राणाको प्रश्न छ ।

चुनाव नकिएसँगै गाउँघरमा राजनीतिक दल र नेताको चहलपहल बढ्दो छ । डेढ दशक बढी कैलालीको जोशीपुर गाउँपालिका–८ सुकुम्बासी बस्तीको अझै भूमि व्यवस्थापन हुन सकेको छैन् । यहाँका प्रति–परिवार ५ कठ्ठा जमिन दिइको छ तर अधिकांशले जग्गाको लालपुर्जा प्राप्त गरेका छैनन् । सोही माग लगायतका मुद्धालाई यो वर्ष लिखित रुपमा नै घरदैलामा आउने नेतालाई माग राखेको स्थानीय अंगनी डगौंरा सुनाउछिन् ।

मलखाद, सिचाई, बाढी, डुबान, अव्यवास्थित बसोबास जस्ता समस्या उस्तै छन् । सरकार स्थायी नभएकाले भइरहेको विकास पनि अलपत्र परेको स्थानीय बेचु डगौंरा बताउछन् ।

दल तथा नेताले थारू समुदायको मुद्धालाई प्रमुख एजेण्डा बनाउने तर चुनाव सकेपछि सो समुदायमा फर्केरसम्म नजाने प्रवृतिले सबै दिकदार छन् । यसर्थ पनि औपचारिकताका लागि मतदान गरे पनि दल र नेताप्रति यहाँका मतदाता अन्तुष्ट छैनन् ।



प्रतिक्रिया