बाम एकताको सम्भावना कति ?

फाल्गुन ३०, २०७९ | काठमाडौं

गत मंसिरमा सम्पन्न निर्वाचनमा मिश्रित नजिता प्राप्त गरेका दलहरु अहिले कार्यगत एकताको तयारीमा व्यस्त छन् । त्यसमा पनि सत्तारुढ गठबन्धनभित्रका दलहरु माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी जसपाकाबीचको वाम एकताको चर्चा अहिले राजनीतिक वृतमा चलिरहेको छ । फरक उद्धेश्यका साथ अघि बढेका यि तीन पार्टीको एकताले सत्ता समीकरणमा कस्तो असर पर्ने हो अहिले चासोका विषय बनेको हो ।

गत पुस २१ गते बिहिबार एकिकृत समाजवादी पार्टीको केन्द्रीय कमिटि बैठकले वाम एकताका लागि निर्णय गरेको थियो । महासचिव वेदुराम भुसालको नेतृत्वमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल सदस्य रहको कार्यदल पनि बन्यो । कार्यदलले वामपन्थीहरूसँग एकताका लागि छलफल र परामर्श गर्ने तयारी अघि बढायो । मुख्यगरि राष्ट्रपति निर्वाचन अघि जनता समाजवादी पार्टी जसपासंग कार्यगत एकताको तयारी गरेको सो पार्टीले राष्ट्रपति निर्वाचनमा राजनीतिक परिवेश फेरिएपछि रोकिएको थियो । राष्ट्रपतिमा राष्ट्रीय सहमित कायम गर्न बनेको आठ दलमा मुख्यगरि अहिले माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी जसपाबीच वाम एकताको तयारी तिव्र भइरहेको छ । एकिकृत समाजवादी पार्टीका उपमहासचिव गंगालाल तुलाधर उपराष्ट्रपति निर्वाचन पछि कार्यगत एकता अघि बढ्ने बताउँछन् ।

उपराष्ट्रपतिको निर्वाचन चैत ३ पछि लगत्तै मन्त्रिमण्डल विस्तारको तयारी प्रधानमन्त्री पुष्पकमल दाहालले गरेसंगै दलहरु आन्तरिक छलफलमा व्यस्त छन् । दाहालले एकीकृत समाजवादी र जसपासँग कार्यगत एकता गरी आगामी सत्तासमीकरणलाई मजवुत बनाउन खोजेको बताइन्छ । गत पुस १९ गते मंगलबार जनता समाजवादी पार्टी जसपाले विचार मिल्ने पार्टीहरुसँग एकताको लागि वार्ता समिति गठन गरेको थियो । राजनीतिक समितिले नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा बनाएको वार्ता समितिले अहिले विभिन्न छलफल गरिरहेको छ । तत्काल निश्कर्षमा पुग्न सकिनेगरि कुनै छलफल नभएको सो पार्टीका नेता अशोक राईले बताए ।

यसो त, एमालेसहितको सात दलीय गठबन्धनको नेतृत्व गर्दगर्दा माओवादी केन्द्रले गत पुष्प २३ पुस शनिवार वामपन्थी एकताको लागि पाँच सदस्यीय कार्यदल बनाएको थियो । पार्टी उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा बनेको कार्यदल अहिलेपनि आन्तरिक रुपमा सक्रिय छ । माओवादी महासचिव तथा वाम एकता कार्यदल सदस्य देव गुरुङ उपराष्ट्रपति निर्वाचन पछि लगत्तै एकताको प्रयास अघि बढ्ने उनको भनाई छ ,।

गत निर्वाचनबाट तेस्रो स्थानमा खुम्चिएको माओवादी केन्द्र, राष्ट्रिय दल समेत बन्न नसकेको एकीकृत समाजवादी र मधेसमा अन्य दलको उदयले दवावमा परेको जसपाले आपसमा कार्यगत एकता गरी राष्ट्रिय राजनीतिमा मजवुत रहेको सन्देश प्रवाह गर्न खोजिरहेका हुन् । संसदमा माओवादी ३२ सिटसहित तेस्रो, १२ सिटसहित जसपा छैटौं र १० सिटसहित एकीकृत समाजवादी सातौं स्थानमा रहेका छन् । उनीहरुवीच कार्यगत एकता हुन सक्दा संसदीय अंकगणितको हिसावमा आफ्नो प्रभाव विस्तार गर्ने मनसाय नेताहरुले राखेको बताइन्छ । 


प्रतिक्रिया