विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्यास घोषणा

वैशाख २९, २०८२ | काठमाडौं

भारतीय स्टार तथा सफल क्रिकेटर विराट कोहलीलले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । पूर्व कप्तान समेत रहेका कोहलीले ३६ वर्षको उमेरमा टेस्ट क्रिकेटबाट अलग हुने बताएका हुन् । अर्का पूर्व कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएको केहिदिन पछि कोहलीलले सन्यासको घोषणा गरेका हुन् ।

१४ वर्ष लामो टेस्ट क्रिकेटको करिअरमा कोहलीले १ सय २३ वटा टेस्ट म्याच खेलेका छन् । ४६ दशमलव ८५ रनको औसतमा कोहलीले ९ हजार २ सय ३० रन बनाएका छन् । आगामी जुन २० बाट सुरु हुने इंग्ल्याण्डससँग पाँच खेलको टेस्ट सिरिज अघि कोहलीले सन्यासको घोषणा गरेको क्रिकइन्फोले जनाएको छ ।

टेस्ट क्रिकेटमा कोहलीले ३० शतक र ३१ वटा अर्धसतक बनाएका छन् । टेस्टमा कोहलीले नटआउट रहँदै २ सय ५४ रन समेत बनाएका छन् । टेस्ट क्रिकेटबाट संन्यास लिनु सहज नभएको तर सही निर्णय लिएको कोहलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।   


प्रतिक्रिया