चुनावमा सूचना प्रविधिको दुरुपयोग चुनौतीपूर्ण बन्दै

माघ ९, २०८२ | काठमाडौं

आगामी फागुन २१ गतेको निर्वाचनका लागि प्रविधिको प्रयोगले सूचना आदानप्रदानलाई छिटो, सुलभ र प्रभावकारी बनाएको देखिन्छ । तर सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकता एआइको दुरुपयोग गरी गलत र मिथ्या सूचना, द्धेषपूर्ण सामाग्री र भ्रामक विवरणको प्रयोग चिन्ताको बिषय भएको छ। आसन्न निर्वाचनमा सूचना प्रविधिको दुरुपयोग रोक्न निर्वाचन आयोग र सरकारले विभिन्न पहल गरिरहेका छन् ।

आसन्न निर्वाचनलाई लिएर मतदाता, उम्मेदवार एवम् सम्बद्ध पक्ष उत्साहीत भएपनि सूचना प्रविधिको गलत प्रयोगबाट हुने प्रचार भने चुनौती बन्ने देखिदैछ । विगतका निर्वाचनमा भाषण र नाराबाजी बढी हुने गरेकोमा यसपालीको निर्वाचनमा भने प्रचारको शैलीमा परिवर्तन भएको छ । विशेष गरि जेनजी आन्दोलनपछि प्रविधिको प्रयोग गरी मिथ्या सूचनाको प्रवाह बढेको बताइन्छ।

 यसले आगामी फागुन २१ गतेको निर्वाचनमा दुरुपयोग बढ्ने जोखिम उत्तिकै छ । प्रविधिको दुरुपयोग रोक्न निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन कार्यमा सूचना प्रविधिको प्रभावकारी प्रयोगप्रति सजग र संवेदनशील रहेको बताउँदै आएको छ । आयोगले हुन त निर्वाचन लक्षित भ्रामक सूचना पहिचान गर्न एआईमा आधारित सफ्टवेयर प्रयोग स्थापना गरेको छ । सफ्टवेयरले पहिचान गरेको सूचनाको विश्लेषण गरि प्रमाण संकलन गर्दै दोषीलाई कानुनी दायरामा ल्याइने  आयोगका सूचना अधिकारी सुमन घिमिरको भनाइ छ।

निर्वाचन आयोगले हुन तथा सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरुबाट प्रवाह हुने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्ण जानकारीको नियन्त्रण गर्नेलगायतका विषयमा आयोगले विषेश निगरानी राख्दै आएको बताउँदै आएको छ । आयोगले समेत सो बारेको सूचना प्रवाहका लागि सामाजिक सञ्जालका माध्यमबाट निर्वाचन अवधिमा भ्रामक समाचार, डिप फेक अर्थात गहिरो भ्रमण घृणाष्पद् अभिव्यक्ति वा मानहानी,क्लिक बेट्स र बोट्स लगायत सजग रहन भनेको छ। स्वचालित रुपमा सन्देशहरु पठाउन तथा संसवाद गर्नका लागि प्रयोग गरिने प्रविधिलाई बोट्स भनिन्छ। 

सर्वसाधरणमाझ गलत सूचना र दुष्प्रचार फैलाउन, मानिसको दृष्टिकोणमा नकारात्मक प्रभाव पार्न, कसैको छवि धमिल्याउन र साइबर आक्रमणका लागि बोट्सलाई प्रयोग गर्ने गरिएको छ । त्यस्तै, अर्को छ क्लिक बेट्स जसले प्रयोगकर्तालाई आफ्नो लिंकमा क्लिक गर्न मन लाग्ने बनाउनका लागि सनसनीपूर्ण शीर्षक र तस्बिरहरु राखेर आफ्नो सामाजिक सञ्जालका पेज तथा वेबसाइटमा भिजिटरको संख्या बढाउनका लागि गरिने विधि भएकाले झुटा वा अपूर्ण जानकारी राखिएका हुन्छन् । 

त्यस्तै, अर्को छ । डिप फेक यसलाई भन्दा गहिरो भ्रम जसमा कृत्रिम बुद्धिमता एआई को प्रयोग गरि श्रव्यदृश्य सामग्री उत्पादन गरि सोको प्रयोगमार्फत विद्यमान तस्बिर, आवाज र भिडियोको मिश्रणबाट मिथ्या सूचना, दुष्प्रचार, द्धेषपूर्ण अभिव्यक्ति र भ्रामक समाचार तयार गरिन्छ । भ्रामक सूचना प्रवाहको जोखिमलाई मध्यनजर गर्दै आयोगले निर्वाचन आचारसंहिता–०८२ जारी गरिसकेको अवस्थामा सामाजिक सञ्जालमार्फत गलत, भ्रामक सूचना प्रवाह र एआई प्रयोग गरी होच्याउने, दुष्प्रचार गर्ने लगायतका कार्य निषेष्ध गरिएकालाई आयोगले नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको निर्माण गरेको  आयोगका सूचना अधिकारी घिमिरेले बताए ।


आयोग बाहेक निर्वाचनमा डिजिटल माध्यम निगरानी गर्न साइबर ब्युरोलाई प्रभावकारी तवरमा परिचालन गर्न काम भइरहेको गृह मन्त्रालयले जनाएको छ । डिजिटल प्लेटफर्मको दुरुपयोग गरी अफवाह फैलिन नदिन संयन्त्र परिचालनका लागि विशेष रुपमा साइबर प्रहरी परिचालनका लागि सम्बद्ध पक्षसँग समन्वय भइहेको गृह मन्त्रालयले जनाएको छ । 

साइबर प्रहरीले निर्वाचनसँग सम्बन्धित साइबर गतिविधिहरूको निगरानी, विश्लेषण गरी आवश्यक कारबाहीका लागि निर्देशन, सिफारिस तथा अनुसन्धान गर्न सक्ने कार्यादेश तोकिएको छ ।निर्वाचन लक्ष्ति प्रविधिको दुरुपयोग रोक्न निर्वाचन आयोगसँग सहकार्य गरेर साइबर ब्यूरोबाट प्रहरी खटाइने र पहिचान गरि अनुसन्धान प्रक्रिया अगाडी बढाइने गृहका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । 

मिथ्या, भ्रामक सूचना र घृणास्पद अभिव्यक्ति निरुत्साहित र नियन्त्रण गर्न आवश्यक रहेको विज्ञहरु बताउँछन् । निर्वाचनलाई नै लक्षित गरेर परम्परागत शैलि भन्दा डिजिटल प्लाटर्फको प्रयोग गरि मिथ्या सूचना प्रवाहको बाढी देखिँदैछ। पहुँचवाला, शक्ति भएका, पूराना तथा नयाँदलहरुले नै प्रतिशोध साध्न समेत एआई लगायत प्लयाटफर्मको गलत प्रयोग गर्ने गरेको  सूचना प्रविधि विज्ञ दोभान राई बताउँछिन् ।

निर्वाचनका समयमा एआई लगायत डिजिटल प्लाटफर्मको नकारात्मक मात्र नभएर सकारात्मक पक्ष पनि रहेको कतिपयको बुझाइ छ । निर्वाचनसँग सम्बन्धी विविध गतिविधि प्रविधि नै प्रयोग गरेर लाभ लिन सकिने जानकारहरु बताउँछन् । 

तर पनि एआईको दुरुपयोग गरेमा भने भ्रमणपूर्ण सूचना फैलन र मिथ्या सूचनाको बाढी नियन्त्रण गर्न कठिनाइ समेत हुने गरेको छ । निर्वाचन आयोगले यस किसिमका सूचना पहिचान गर्न समेत एआइको नै प्रयोग गरेर निगरानी र नियन्त्रण गर्न सक्ने काठमाडौं विश्वविद्यालयमा एआई सम्बन्धी अध्यापन गराउँदै आएका अध्यापक सन्तोष खनालको भनाइ छ ।

आयोगले प्रविधिको दुरुपयोग लगायत आचारसंहिता उल्लंघनको नियन्त्रणका लागि विविध पक्षमा गृहकार्य गरिरहेको छ । राजनीतिक दल र उम्मेदवारका लागि तथ्यमा आधारित प्रचार र एआईको प्रयोग पारदर्शी बनाउन आवश्यक छ । 

त्यस्तै, आम नागरिक र मतदाताका लागि डिजिटल साक्षरता बढाउने कार्यक्रमका लागि सम्बद्ध पक्षबाट गर्न पनि उत्तिकै जरुरी छ । सााजिक सञ्जाल र एआई प्रविधि उपयोग गरे मात्र फाइदा हुने दुरुपयोग गरे अफवाह फैलिने जोखिम हुन्छ ।

 निर्वाचनमा संवेदनशीलता अपनाउन पनि प्रविधिको प्रयोग गरि हुन सक्ने दुरुपयोग रोक्न सम्बद्ध पक्ष सजग हुनुपर्छ नभए मिथ्या सुचना टाउको दुखाईको विषय बन्न सकछ । एआईको नियमन विकसित र शक्तिराष्ट्रहरुकै लागि समेत चुनौती बनिरहेका बेला नेपालजस्ता डिजिटल लिटरेसी कम भएका मुलुकमा चुनौतिपुर्ण बन्नु स्वभाविक मानिएको छ । 


प्रतिक्रिया