प्रतिष्ठान बाहिरका बायोमेडिकल इन्जिनियरलाई विवरण तयार गर्न लगाएको खुलासा

भाद्र १३, २०७८

धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानले एमआरआइ मेसिन खरिद गर्न सार्वजनिक खरिद ऐन विपरित प्रतिष्ठान बाहिरका बायोमेडिकल इन्जिनियरलाई विवरण तयार गर्न लगाएको खुलेको छ । प्रतिष्ठानका चारै पदाधिकारीको कार्यकक्षमा प्रतिष्ठान सुद्धिकरण अभियान, संयुक्त संघर्ष समितिले तालाबन्दी जारी राखेको बेला उपकुलपति डा ज्ञानेन्द्र गिरिको ठाडो आदेशमा विराटनगरका बायोमेडिकल इन्जिनियर सुनिल साहलाई एमआरआई मेसिनको स्पेशिफिकेशन तयार गरेर खरिद प्रक्रिया अगाडि बढाउन रेडियोलोजी विभागमा पत्र आएपछि यो प्रकरण बाहिरिएको हो । 

 एमआरआई मेसिनको स्पेशिफिकेसन प्रतिष्ठानको रेडियोलोजी विभाग र बायोमेडिकल इन्जिनियरले पहिले नै तयार गरेर खरिद शाखा र पदाधिकारीकोमा पठाइसकेका थिए । प्रतिष्ठानलाई चाहिएको एमआरआईको विवरण भन्दा अलगै प्रतिष्ठान बाहिरका व्यक्तिलाई तयार गर्न लगाउनु दिनु शंकास्पद देखिएको छ । 


प्रतिक्रिया