मुगुका शिक्षक र विद्यार्थीमा भाइरस ज्वरो, पढाई प्रभावित

आश्विन २, २०७८ | मुगु

मुगुको सोरु गाउँपालिकाको विजय माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थी बिरामी परेपछि पढाई प्रभावित भएको छ । 

शिक्षक र विद्यार्थीमा कडा ज्वरो आउने, टाउको र घाँटी दुख्ने, बान्ता आउने जस्ता लक्षण देखिएपछि पठनपाठन प्रभावित भएको विजय माध्यमिक विद्यालयका प्रधानध्यापक वीरबहादुर बमले बताउनुभयो । 

औषधि नपाइने तथा स्वास्थ्यकर्मी पनि नभएकाले उनीहरुलाई के रोग लागेको भन्ने पहिचान हुन नसकेको प्रधानध्यापकले बमले जानकारी दिनुभयो । जिल्लाका सर्वोदय माध्यमिक र जनज्योति माध्यमिक विद्यालयमा केही विद्यार्थीहरुमा पनि भाइरल ज्वरो देखा परेको छ । 

स्वास्थ्य केन्द्रमा औषधि नहुँदा बिरामी भएका शिक्षक तथा विद्यार्थीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । सोरु गाउँपालिकाको जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पनि बिरामी पर्न थालेको प्रधानध्यापक सुवास रावलले बताउनुभयो । 


प्रतिक्रिया