मंकीपक्सको आशंका गरिएका युवकमा कुष्ठरोग पुष्टि

असार ३, २०७९

दुवईबाट काठमाडौं आएपछि प्रारम्भिक जाँचमा मंकीपक्सको आशंका गरिएका युवकमा कुष्ठरोग पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट गरिएको परीक्षणको क्रममा २६ वर्षीय युवकको आँखा र कानको तीन वटा नमुनामा कुष्ठरोगको जिवाणु भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजो दुवईबाट नेपाल आएका ती युवकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा परीक्षण गर्दा मंकिपक्स भएको आशंकापछि चिकित्सकको प्रत्यक्ष निगरानी राख्न टेकु अस्पताल लगिएको थियो ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले नेपालमा अहिलेसम्म मंकिपक्सको संक्रमण नदेखिएको बताएको छ । मन्त्रालयका अनुसार विश्वका २९ वटा देशमा गरी १ हजार भन्दा बढी व्यक्ति मंकिपक्सबाट संक्रमित भएका छन् । 


प्रतिक्रिया