नियमित खोप लगाएको केही घण्टामै शिशुको मृत्यु

असार ३, २०७९

नियमित खोप लगाएको केही घण्टामै सप्तरीमा एक नवजात शिशुको मृत्यु भएको छ । शिशुको मृत्युपछि विश्व स्वास्थ्य संगठन लगायत स्वास्थ्यसंग सम्बन्धित सरकारी निकायहरुले शिशुको मृत्युको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन् । 

सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ३ का सुरेन्द्र रामकी १ महिना २१ दिनकी नवजात छोरीको नियमित खोप लगाएको २ घण्टापछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । 

उहाँका अनुसार स्थानिय स्वास्थ्य चौकीमा ती नवजात शिशुलाई डीपीटी सहित पोलियो र निमोनिया विरुद्धको नियमित खोपको पहिलो मात्रा दिईएको थियो । खोप लगाएर घर पुगेकी आमाले शिशुलाई ल्याक्टोजिन खुवाउने क्रममा मृत्यु भएको हो । 


प्रतिक्रिया