थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

असार ५, २०७९

पछिल्लो पटक नेपालमा २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार २७ जनामा गरिएको परिक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा १२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा हाल १ सय १० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया